काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौंबाट चुनाव नलड्ने भएका छन्।
उनले यसअघि २०७० र ०७४ मा काठमाडौं क्षेत्र नं. ४ बाट चुनाव जितेका थिए।
आगामी मंसिर ४ गते हुने चुनावमा भने उनी कास्की १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन्।
उनले कास्की जिल्ला क्षेत्र नं. १ बाट संघीय प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवार हुने मनोनयन दरखास्त फारम भरिसकेका छन्।
उनले नेपाली कांग्रेस कास्कीका सचिव भानु ढकालमार्फत् (हस्ते) दरखास्त दिएको बताइएको छ।