काठमाडौं। श्री एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएको छ।
बिहीबार नेपालगन्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा समस्या देखिएको हो। जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएको थियो।
नेपालगन्जबाट काठमाडौंका लागि उडेको ५ मिनेटमै इन्जिनमा समस्या देखिएपछि श्री एयरलाइन्सको जहाज फेरि नेपालगन्जमा आकस्मिक अवतरण गराइएको छ।
नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो ।
जहाजमा ७९ यात्रु र ४ जना चालक दलका सदस्य थिए। अहिले प्राविधिकहरूले जहाजमा के भएको भनेर अध्ययन गरिरहेका छन्।