धनगढी उपमहानगरपालिकामाको पछिल्लो मत मरिणाम सार्वजनिक भएको छ । बिहान ६ बजेसम्मको मतगणना अनुसार २ हजार ४५३ मतगणना हुँदा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम छ ।
हमालले ११३६ मत पाएका छन्। यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ६९३, नेकपा एमालेका रणबहादुर चन्दले ११७ मत पाएका छन्।शनिवार दिउसो १२ बजेबाट सुरु भउको मतगणना जारी छ ।
मतगणना स्थलमा तारजाली लगाएर कडा सुरक्षा व्यवस्था गरिएको छ। उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिलाई तारजाली बाहिरबाट मतपत्र हेर्ने व्यवस्था मिलाएको छ।
शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।