२५६६ औं बुद्धजयन्तीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउने भएपछि भारत सरकार सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकतामा राखेका छ।
जेठ २ गते लुम्बिनी आउने कार्यक्रम तय भएसँगै मोदीको सुरक्षा व्यवस्थालाई प्राथमिकतामा भारत सरकारले पारेको हो। मोदी लुम्बिनीमा आउने निश्चित भएपछि लुम्बिनीमा सुरक्षा व्यवस्था कडा पारिएको हो।
आज भारतका २ ओटा हेलिकप्टरमा भारतीय सुरक्षाफौज सहितको टिमले लुम्बिनीमा आएर हेलिप्याड जाँच गरी फर्किएका छन्। भारतीय उच्च सुरक्षा निकाय र भारतीय पत्रकारहरू लुम्बिनी आइसकेका छन् भने नेपाल सरकारका गृहमन्त्री सहितको टोली भोलि लुम्बिनी आइपुग्ने बताइएको छ।