बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन्।उनी कांग्रेसबाट बागी उम्मेदवार बनेका थिए ।
कांग्रेसबाट टिकट नपाएपछि उनी स्वतन्त्र उठेका थिए। निर्वाचनमा पुतली चिन्हबाट लडेका बस्नेत विजयी भएका हुन् । उनले ६३६ मत ल्याएका छन् ।
तर निर्वाचन आयोगले भने औपचारिक घोषणा गरेको छैन ।बस्नेतले २०५४ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारमा कुचो चुनाव चिन्हमार्फत विजयी भएका थिए।
उनका निकाटतम प्रतिद्वन्द्वी एमालेका महेन्द्र लिगलले ५५१ मत पाएका छन्। प्रतिस्पर्धामा चर्चित र बलियो उम्मेदवारका रुपमा लिगललाई एमालेले अगाडि ल्याएको थियो। यस्तै नेपाली कांग्रेसका माधवप्रसाद प्रधानले ३४८ मत प्राप्त गरेका छन्।