अछामको साँफेबगर नगरपालिकाको दुई मतदान केन्द्रमा पुन: मतदान हुने भएको छ । नगरपालिकाको राष्ट्रिय माध्यमिक विद्यालय 'क' र 'ख' मतदान केन्द्रमा पुन: मतदान गरिने निर्वाचन आयोगका उपसचिव ऋषिराम भुसालले जानकारी दिए ।
शुक्रबार भएको मतदानका क्रममा दुवै स्थानका मतदान केन्द्रमा झडप स्थानीय दुवै पक्षबीचमा झडप हुँदा मतदान कार्य दिउँसोबाट रोकिएको थियो। बाब्लास्थित मतदान केन्द्रमा काँग्रेस–समाजवादी गठबन्धन र नेकपा एमालेबीच शुक्रबार बिहान करिब ९ बजे तिर भएको थियो।
दिनभर मतदान कार्य रोकिएको थियो। हिजै सहायक प्रमुख जिल्ला अधिकारीको रोहवरमा रोकिएको मतदान पुन सुचारु भएपछि मतपेटिका सिलबन्दी गरेर मुचुल्का उठाएर नगरपालिका ल्याईएको छ। बाब्लामा ३४४ मत खसेको छ। उक्त मतदानस्थलमा एक हजार ९६९ मतदाता रहेका छन्।
यस्तै स्वतन्त्र उम्मेदवार र काँग्रेस बिच झडप हुँदा लयाँटीमा रहेको क र ख मतदान केन्द्र दिउँसो १२ बजेबाट मतदान रोकिएको थियो। उक्त झडपमा पनि तीन जना घाइते भएका र स्थितिलाई नियन्त्रण लिन प्रहरीले हवाइफायर समेत गर्नुपरेको थियो। लयाँटीको ‘क’ र ‘ख’ केन्द्रमा एक हजार ५७५ मतदाता रहेकोमा झडप हुनअघि ४२१ मत खसेका थिए।