धनगढी उपमहानगरपालिकामाको पछिल्लो मतगणना सार्वजनिक भएको छ । अहिले साढे ७ बजेको मतगणना अनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम छ ।
५ सय ५३ मत गणना हुँदा हमालले २५० मत प्राप्त गरेर अग्रता कायम गरेका हुन् । गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका नेता नृप वडले १६७ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार रणबहादुर चन्दले २७ मत ल्याएका छन् । यस्तै एक सय मत भने बदर भएको जनाएको छ ।
मतगणना शनिबार साढे १२ बजेदेखि सुरु भएको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नम्बर १ बाट मतगणना सुरु गरिएको हो। मतगणना स्थलमा तारजाली लगाएर कडा सुरक्षा व्यवस्था गरिएको छ।
उम्मेदवार र राजनीतिक दलका प्रतिनिधिलाई तारजाली बाहिरबाट मतपत्र हेर्ने चासोको साथ हेरिएको उपमहानगरपालिको मतगणनास्थल बाहिर पनि कडा सुरुक्षा व्यवस्था गरिएको छ।
शुक्रबार भएको स्थानीय तह निर्वाचनमा धनगढीमा रहेका ९३ हजार १५१ मतदातामध्ये ६३ हजार ७१५ जनाले मतदान गरेका थिए। उपमहानगरमा ९७ जना जनप्रतिनिधि चुन्नका लागि मतदान भएको हो।