काठमाडौं महानगरपालिकामा मेयरका लागि भएको मतदानको मतगणना जारी छ ।
अहिलेसम्म तीनवटा वडाको करिब १२८० मतगणना भएको छ । जसमध्ये स्वतन्त्र उमेदवार बालेन शाहले ४१३ मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितले ३६६ मत प्राप्त गरेका छन् ।
कांग्रेसकि सिर्जना सिंहले भने २३३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।त्यसैगरी राप्रपा उमेदवार मदनदास श्रेष्ठले ४१ मत र विवेकशील साझाकी उमेदवार समीक्षा बास्कोटाले ११ मत प्राप्त गरेकी छन् ।