प्रमुख राजनीतिक दलहरु महानगर र उपमहानगरमा उम्मेदवारको टुंगो लगाउने अन्तिम कसरतमा लागेका छन् ।
त्यसका लागि आन्तरिक छलफलमा रहेको दलहरु शनिबार बैठक बसेर उम्मेदवारको टुंगो लगाउने अन्तिम कसरतमा लागेका हुन् ।
त्यसका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । शनिबार बिहान ११ बजे बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो २बजे बस्दैछ ।
त्यस्तै, प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक बस्दैछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा बैठक दिउँसो तीन बजे बस्न लागेको एमाले प्रचार–प्रसार विभागका उपप्रमुख विष्णु रिजालले बताए ।
उनको अनुसार बैठकले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिका उम्मेदवारबारे निर्णय गर्ने छ ।
दलहरुले नगरपालिका र गाउँपालिकामा उम्मेदवारको टुंगो लगाउने जिम्मा प्रदेशलाई दिएका छन् ६ महानगर र ११ उपमहानगरपालिका उम्मेदवार केन्द्रबाट टुंगो लगाउने छन् ।
त्यस्तै, अन्य दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपालगायतका दलले गठबन्धनमा भाग परेका महा तथा उपमहानगरमा उम्मेदवार छनौट गरिरहेका छन् ।
राप्रपा, राप्रपा नेपाल, विवेकशील साझा लगायतका दलह पनि उम्मेदवार छनौटको अन्तिम चरणमा छन् ।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार र सोमबार उम्मेदवारी दर्ताको समय दिएको छ ।