गृहमन्त्री बालकृष्ण खाँणले तोकिएकै समयमा स्थानीय तह निर्वाचन हुने बताएका छन् । उनले निर्वाचन हुँदैन कि भनेर आशंका नगर्न सबैलाई आग्रह गरे ।
बुधबार गृहजिल्ला रुपन्देही आएका मन्त्री खाँणले निवासमै आयोजित पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन समयमै हुने धारणा राखेका हुन् । उनले समयमै स्वच्छ र निस्पक्ष निर्वाचन गराउने र यसमा सरकार प्रतिबद्ध रहेको जनाए ।उनले निर्वाचन सर्छ भनेर बाहिर आएका सबै कुरा गलत भएको बताए ।