देशभर आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
३ हजार ८ सय ७७ वटा नमुनाको परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज २५ जना संक्रमित सङ्क्रमणमुक्त भएका छन् भने संक्रमित कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय १८ रहेको छ जसमध्ये ३ सय १४ जना होम आइसोलेसन र ४ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
आज ७६ हजार ३ सय ७२ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।