सत्ता गठबन्धन बैठकले ६ महानगर र ११ उपमहानगरको सिट बाँडफाँडको टुंगो लगाएको छ ।
आज बसेको बैठक सहमति जुट्न नसकेका महानगरको सिट बाँडफाँडको टुंगो लगाएको छ । विवादित बनेको नेपालगञ्जको मेयर नेपाली कांग्रेसले पाउने गरी सहमति भएको बताइएको छ ।
मंगलबार बसेको गठबन्धन बैठकले अधिकांश महानगरको सिट बाँडफाँडको टुंगो लगाएको थियो ।
बैठकका भएको सहमतिपत्रमा गठबन्धनका शिर्ष नेताहरुले हस्ताक्षर गर्ने तयारी भइरहेको छ ।
माओवादी केन्द्रका नेता देव गुरुङले बैठकमा दलीय भागबन्डा टुंगिएको र अन्तिम सहमति पत्रमा केहीबेरपछि हस्ताक्षर गरेर सार्वजनिक गरिने जानकारी दिए ।