सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ ।
स्थानीय तह निर्वाचनमा देशका छ महानगरपालिका र ११ उपमहानगरपालिमा चुनावी तालमेलको विषयलाई अन्तिम निर्णय गर्न आज पुनः सत्ता साझेदार पाँच दलको बैठक बसेको हो ।
मङ्गलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई चरणमा सम्पन्न सत्ता साझेदार दलको बैठकले महानगर र उपमहानगरमा साझा उम्मेदवार तय गर्ने र कार्यविधि बनाउने कार्यलाई अन्तिम रुप दिएका थिए ।