खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्चीको पानी वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकामा आउने भएकाले वितरणको तयारीमा जुट्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १७ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री चौधरीले मेलम्चीको पानी उपभोग गर्ने काठमाडौँ उपत्यकावासीको चाहना आगामी आइतबारबाट पुरा हुने बताए ।
मन्त्री चौधरीले मेलम्चीको पानी समानुपातिक ढङ्गले उपत्यकाका सबै क्षेत्रमा वितरण गर्नको लागि पाइप लाइनको परिक्षण र चुहावट नियन्त्रणको लागि सम्बन्धित निकायले विशेष पहल गर्नुपर्ने बताए ।