सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।
मंगलबार बिहान साढे ११ बजे तय भएको बैठक दिउँसो साढे ३ बजेपछि सुरु भएको हो ।
बैठकले महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँड टुंगो लगाउने नेताहरुले दाबी गर्दै आएका छन् ।
गठबन्धनको बैठकले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा चुनावी तयारी, तालमेललगायतका विषयमा भएको सहमतिलाई अन्तिम रुप दिने बताइएको छ ।