जिल्ला प्रहरी कार्यालय कैलालीमा प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले पदभार ग्रहण गरेका छन् ।
प्रहरी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको गत चैत्र २९ गतेको पत्रादेशले प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँबाट जिल्ला प्रहरी कार्यालय कैलालीको कार्यालय प्रमुखको जिम्मेवारी पाएका राठौरले सोमबार कैलालीको प्रहरी प्रमुखको रूपमा पदभार ग्रहण गरे सँगै जिल्लाको कमाण्ड सम्हालेका हुन्।
प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको यहाँ कार्यरत प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता वेद प्रकाश जोशी लगायत अन्य प्रहरी कर्मचारीहरूले स्वागत गरेका छन् । राठौरले कार्यालयको निरीक्षण गरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक निर्देशन समेत दिएका छन् ।
कैलालीका एसपी विश्व अधिकारीलाई प्रहरी प्रधान कार्यालय काठमाडौँले अधिकारीको केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्ज काठमाडौँमा काज सरुवा गरे पछि कैलालीमा प्रहरी प्रधान कार्यालय काठमाडौँ नक्सालबाट राठौरलाई पठाइएको हो ।