गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले एक शाखा अधिकृतमाथि कुटपिट गरेका छन् ।
युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत शाखा अधिकृत प्रकाश ओझामाथि मनाङेले मंगलबार साँझ कुटपिट गरेका हुन् । मनाङेबाट कुटिएका अधिकृत ओझा युवा तथा खेलकुद मन्त्रालयका सूचना अधिकारी पनि हुन् ।
मन्त्रालयका एक कर्मचारीका अनुसार फाइल लिएर गएका ओझासँग मन्त्रीको भनाभन भएको थियो । भनाभनकै क्रममा मन्त्री मनाङले धकेल्दै ओझालाई कुटपिट गरेका थिए ।
तर, मन्त्री मनाङेले भने आफूले कुटपिट नगरी सम्झाएको दाबी गरे ।