धादिङको बेनिघाट रोलाङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासमा पार्टी प्रवेश गराए ।
अध्यक्ष डल्लाकोटी माओवादी केन्द्रको बागमती प्रदेश कमिटी सदस्य पनि हुन् ।
उनी १५ वर्षअछि एमाले छोडेर माओवादीमा प्रवेश गरेका थिए ।