सर्वोच्च अदालतले नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक (डीआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्धको रिट ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ ।
यसअघि आइतबार न्यायाधीश रेग्मीको एकल इजलासले हेर्न नमिल्नेमा राखेको उक्त रिट आज पनि रेग्मीकै इजलासमा सुनुवाइ तोकिएको थियो । तर, आज पनि न्यायाधीश रेग्मीको इजलासले उक्त मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ ।
एआइजीमा बढुवाविरुद्ध डीआइजीहरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले सर्वोच्चमा रिट दायर गरेका छन् । यसविरुद्ध कार्कीले चैत्र १७ गते तथा अर्याल र कार्कीले चैत्र २० गते सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
चैत्र १७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका तीनजना डीआइजी धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।