केन्द्रको निर्देशनपछि जिल्ला जिल्लामा वडासम्मै स्थानीय तहको चुनावमा तालमेल गर्ने गठबन्धनले निर्णय गर्न थालेका छन् ।
सोमबार मात्रै चितवन र अछाममा स्थानीय तहको चुनावमा तालमेल गर्ने गठबन्धनले निर्णय भएको छ । अछाममा वडासम्मै तालमेल गर्ने निर्णय भइसकेको छ ।
आज चिवनमा बसेको गठबन्धनको बैठकले जिल्लाका ७ वटै स्थानीय तह र जिल्ला समन्वय समितिको निर्वाचनमा पनि तालमेल गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालको नेतृत्वमा आइतबार बसेको गठबन्धन आवद्ध दलको बैठकले पालिकामा पनि कांग्रेसकै पालिकासभापतिको नेतृत्वमा कार्यदल बनाउने निर्णय गरेको छ ।
बैठकले गठबन्धन सहभागी दलहरुका वीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्त रुपमा आसन्न स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

आसन्न स्थानीय चुनावमा केन्द्रीय परिपत्रअनुसार दलगत वस्तुस्थितिबारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १–१ जना प्रतिनिधि रहने गरी एक कार्यदल गठन गरिनेछ ।
अछाममा वडासम्मै गठबन्धन
अछाममा ९१ वटै वडामा गठबन्धन गर्ने निर्णय भएको छ ।

आज बसेको गठबन्धनको बैठकले १० वटै स्थानीय तह र ९१ वटै वडामा तालमेल गर्ने निर्णय गरेको छ ।
