आइतबार साँझ साढे सात बजेतिर डोटीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी भोला बहादुर रावलले दिएको जानकारी अनुसार पूर्वीचौकी गाउँपालिका १ साँझघाटबाट वडा नम्बर ३ गैरागाउँ जाँदै गरेको से १ ज ८३९ नम्बरको जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी पुर्वीचौकी–३ डोटीका १८ बर्षका खेम बोहरा र ४५ बर्षका पुरन बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । यस्तै घाइते हुनेमा पुर्वीचौकी गाउपालिकाका यसोदा बोहरा, मोहन बोहरा, अमरसिह बोहरा, टंकी बोहरा, कृष्ण चयडा, जितबहादुर बोहरा र दार्चुला लोकराज जोशी रहेका छन् ।
उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याइएको प्रहरीले जनाएको छ । घाइते मध्ये कृष्णबहादुर चयडा, जितबहादुर बोहोरा र लोकराज जोशी अवस्था गम्भीर रहेको बताइएको छ ।