प्रधानमन्त्री शेरबहादुर देउवा आज साँझ स्वदेश फर्किँदैछन् । तीन दिने भारत भ्रमण सकेर देउवा आज साँझ स्वदेश फर्किन लागेका हुन् ।
उनी आइतबार बिहान तिर्थयात्राका लागि आइतबार बिहान बनारस पुगेका थिए । स्वदेश फर्किन देउवा दिल्ली फर्किसकेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा उनी शुक्रबार तीन दिने औपचारिक भ्रमणको सिलसिलामा शुक्रबार भारत गएका थिए ।
प्रधानमन्त्री देउवासंगै परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा भारत भ्रमणमा गएका छन् ।
देउवालाई शुक्रबार भारतीय विदेशमन्त्री एस. जयशंकरले भेट गरेका थिए । त्यसपछि शुक्रबार नै उनीे सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को केन्द्रीय कार्यालयमा पुगेका थिए । शुक्रबार साँझै नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए ।
शनिबा राजघाट भएका देउवाले त्यसपछि हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका थिए । सो क्रममा नेपाल–भारत द्विपक्षीय बैठक बस्नुका साथै दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । सो क्रममा नेपालमा रेल सेवाको सुरुवात गरिएको थियो ।
शनिबार नै देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका थिए ।