चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबीबीएस प्रवेश परीक्षामा उपस्थित भएका पाँच जना परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार काठमाडौंको सिसिआरसी कलेज, एम्बिसन कलेज, ग्रामर स्कुललगायत परीक्षा केन्द्रहरूबाट महोत्तरीका २२ वर्षीय अमर पण्डित, सर्लाहीका २२ वर्षीय अनिकेत चौधरी, सप्तरीका २६ वर्षीय राम आशिष यादव, महोत्तरीका २२ वर्षीय सन्नीकुमार साह र भारत विहारका २४ वर्षीय इस्तियाख अहमदलाई पक्राउ गरेको हो ।
काठमाडौंको किस्ट कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थी नै अहिले जारी प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनेर सहभागी भएको पाइएको छ ।
चैत १८, २० र २१ गते हुने एकीकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थीहरू हुन सक्ने भन्दै प्रहरीलाई जानकारी गराइएको थियो। सो सूचनापछि महाशाखाले ‘अपरेसन इको’ सञ्चालन गरेको थियो ।
पक्राउ परेका नक्कली परीक्षार्थी:
१. नामः अमर पण्डित
उमेरः २२ वर्ष
वुवाः स्नेलाल पण्डित
ठेगानाः सम्सी-०४, महोत्तरी
पेशाः विद्यार्थी (Kist College, MBBS 1st year Student)
नोटः जिल्ला-धनुषा, जनकपुर उप.म.न.पा.वडा नं.१४ बस्ने वर्ष २१ को वृकेश यादव (रोल नं.११८११)को नाममा निज अमर पण्डितले CCRC College, कुमारीपाटी, ललितपुरमा परिक्षा दिई रहेको अवस्थामा नियन्त्रणमा लिईएको ।
२. नामः अनिकेत चौधरी
उमेरः २२ वर्ष
वुवाः रामनाथ चौधरी
ठेगानाः चक्रघट्टा-०४, सर्लाही
पेशाः विद्यार्थी (Kist College, MBBS 1st year Student)
नोटः जिल्ला-धनुषा, अन्दुपट्टी गा.पा.वडा नं.०१ बस्ने वर्ष २२ को आजिव कुमार यादव (रोल नं.११४०९) को नाममा निज अनिकेत चौधरीले CCRC College, कुमारीपाटी, ललितपुरमा परिक्षा दिई रहेको अवस्थामा नियन्त्रणमा लिईएको ।
३. नामः राम आशिष यादव
उमेरः २६ वर्ष
वुवाः मधुराम यादव
ठेगानाः राजगढ-०१, सप्तरी
पेशाः विद्यार्थी (Kist College, MBBS 3rd year Student)
नोटः जिल्ला-रूपन्देही, ओमसतिया गा.पा.वडा नं.०३ बस्ने वर्ष २० को स्मित सिंह (रोल नं.१३७७२) को नाममा राम आशिष यादवले Grammar School, कोटेश्वरमा परिक्षा दिई सके पश्चातः विशेष सूचनाको आधारमा निजलाई नियन्त्रणमा लिईएको
४. नामः ईस्तियाख अहमद
उमेरः २४ वर्ष
वुवाः मोहम्मद जिलानी
ठेगानाः रफिगञ्ज, औरङ्गाबाद विहार, भारत
पेशाः विद्यार्थी
नोटः जिल्ला-महोत्तरी, सम्सी गा.वि.स.वडा नं.०५ बस्ने वर्ष २३ को सन्नी कुमार साह (रोल नं.१०६६५)को नाममा ईस्तियाख अहमदले Ambition College मध्य बानेश्वरमा परिक्षा परिक्षा दिई रहेको अवस्थामा नियन्त्रणमा लिईएको ।
५. नामः सन्नी कुमार साह
उमेरः २३ वर्ष
वुवाः ओम प्रकाश साह
ठेगानाः सम्सी-०५, महोत्तरी
नोटः रफिगञ्ज, औरङ्गाबाद विहार, भारत बस्ने वर्ष २४ को ईस्तियाख अहमदलाई आफ्नो नाममा Ambition College मध्य बानेश्वर परिक्षा केन्द्रमा परिक्षा दिन लगाई आफू बाहिर बसेको अवस्थामा नियन्त्रणमा लिईएको ।
अनुसन्धानबाट के खुल्यो ?
•Free Scholarship मा MBBS पढि रहेका तर आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीहरूलाई विभिन्न आर्थिक प्रलोभन दिई Free Scholarship, Paying र Just Pass गर्ने वर्गिकरणको आधारमा Entrance Exam मा नाम निकाली दिए वापत रू.२ लाख देखि १८ लाखसम्म रकम दिने प्रलोभन देखाई Convince गराएर रू.५० हजार देखि रू.२ लाखसम्म Advance समेत दिई नक्कली प्रशिक्षार्थीको रूपमा प्रयोग गर्ने गरेको ।
•सक्कली परिक्षार्थीको विवरणमा नक्कली परिक्षार्थीहरूको फोटो टाँसी फम भराउने गरेको ।
•परिक्षा प्रयोजनार्थ कतिपय अवस्थामा सक्कली परिक्षार्थीको नागरिकता विवरणमा नक्कली परिक्षार्थीको फोटो टाँसेर प्रथम प्रतिलिपी उल्लेख गरी नक्कली नागरिकता समेत वनाएको पाईएको ।
•सकेसम्म नक्कली प्रशिक्षार्थी चयन गर्दा सकभर मिल्दो-जुल्दो अनुहार भएको व्यक्तिलाई सक्कली प्रशिक्षार्थीको विवरणमा नक्कली परिक्षार्थीको फोटो टाँसी फार्म भर्ने गरेको ।
•भारतियमूलका विद्यार्थीलाई समेत आर्थिक प्रलोभनमा पारी अग्रिम भुक्तानी दिई नक्कली परिक्षार्थीको रूपमा प्रयोग गरेको पाईयो
•चिकित्सा क्षेत्रमा कार्यरत चिकित्सकहरूले समेत MBBS पढि रहेका तर आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीहरूलाई विभिन्न प्रलोभन देखाई नक्कली प्रशिक्षार्थीको रूपमा प्रयोग गर्ने गरेको ।