स्थानीय तहको चुनावको तयारीबारेमा छलफल गर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ।
बैठक बुधबार दिउँसो १ बजे बबरमहलस्थित कार्यालयमा बस्ने भएको हो।स्थानीय तहको निर्वाचनको रणनीति, चुनावी घोषणापत्रलगायत विषयमा छलफल गर्न बैठक बस्नलागेको नेता लक्ष्मणलाल कर्णले बताए।
बैठकमा समसामयीक राजनीतिक विषयमा समेत छलफल हुने छ। लोसपाका नेताहरू सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलमा रहेकोसमेत बताइएको छ।