काठमाडौं उपत्यकामा बुधवार बिहानैदेखि हल्का तथा मध्यम वर्षा भइरहेको छ ।काठमाडौं र ललितपुर आसपासका क्षेत्रमा बुधवार बिहानैदेखि वर्षा भइरहेको हो ।
हाल मुलुकमा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम विभागले जनाएको छ ।साथै स्थानीय वायुको समेत प्रभाव रहेकाले केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसम विभागको अनुमान छ ।
आज प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने विभागको अनुमान छ ।
प्रदेश १, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।