नेपाली कांग्रेसले स्थानीय आवश्यकता र अवस्था हेरेर बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनमा रहेको दलसँग तालमेल गर्ने निर्णय गरेको छ ।
आज बसेको कांग्रेस केन्द्रीय समिति बैठकले उक्त निर्णय सर्वसम्मत गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । बहुसंख्यक स्थानीय तहमा कांग्रेस विजयी हुने दाबी गर्दै उनले थप स्थानमा पनि विजयी हासिल गर्न तालमेलको निर्णय गरिएको बताए ।
बैठकले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति संयोजकमा उपसभापति पूर्णबहादुर खड्का र प्रचार प्रसार समिति संयोजकमा महत नियुक्त भएका छन् ।
योसँगै आजै कांग्रेस केन्द्रीय समिति बैठक पनि सकिएको छ ।