निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि मंगलबारदेखि कल सेन्टर सञ्चालनमा ल्याएको छ ।
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कल सेन्टरको उद्घाटन गरे । उद्घाटनसँगै टोल फ्री नम्बर ११०२ सहित कल सेन्ट सञ्चालनमा आएको छ ।
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकसाथ हुँदैछ ।