नेपालगञ्जको राँझा चोकमा टिपरको ठक्करबाट मंगलबार एक जनाको मृत्यु भएको छ ।
नेपालगञ्जबाट कोहलपुरतर्फ गइरहेको भे १ क ६५७ नम्बरको टिपरले नेपालगञ्ज २० स्थित राँझा चोकमा ठक्कर दिँदा हुम्लाका वीरबरे भण्डारीको घटनास्थलमै मृत्यु भएको हो । बाटो काट्ने क्रमका टिपरले उनलाई ठक्कर दिएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार ५५ वर्षीय भण्डारी हुम्ला घर भएर हाल नेपालगञ्ज २० मा बस्दै अएका थिए । दुर्घटना लगत्तै ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए ।