नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ ।
छापावाल सुन प्रतितोला ९९ हजार २ सय रुपैयाँमा आइपुगेको छ । तेजावी सुनको भाउ पनि प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा झरेको छ ।
मंगलबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १३७० रुपैयाँमा कारोबार भइरहेको छ ।