नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल टर्की प्रस्थान गरेका छन् ।
टर्कीको अंकारामा हुने इको क्लाइमेट सम्मेलनमा सहभागी हुन उनी सोमबार राति टर्किस एअरलाइन्सको विमान मार्फत स्तानबुल गएका हुन्।
मंगलबारदेखि बिहीबारसम्म हुने सम्मेलनमा नेता नेपालले सम्बोधन गर्ने छन् । उनी चैत १९ गते शनिबार स्वदेश फर्किने छन् ।