गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० टी(ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
गएराति भएको खेलमा अर्को नयाँ टोली लखनउ सुपर जाइन्टलाई ५ विकेटले हराउँदै गुजरातले सुखद सुरुवात गरेको हो ।
वान्खडे स्टेडियममा लखनउले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको गुजरातले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।
यस अघि पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५८ रन जोडेको थियो । जीतसँगै गुजरातले पहिलो खेलमै महत्वपूर्ण २ अंक जोडेको छ । यता लखनउले हारबाट प्रतियोगिताको सुरुवात गर्यो ।