मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय घेराउ गर्न पुगेका ३९ जना पक्राउ परेका छन् ।
चुरे तथा वन जङ्गल संरक्षण अभियान धनुषाका कार्यकर्ताहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय छिर्न खोजेपछि पक्राउ परेका हुन् ।
निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्दै मुख्यमन्त्री कार्यालय घेराउ गरेको भन्दै २७ महिला र १२ पुरुष गरी ३९ जना चुरे तथा वन जङ्गल संरक्षण अभियन्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा निषेधित क्षेत्र तोडरभित्र कार्यालयभित्र प्रवेश गर्न खोज्दा पक्राउ गरिएको हो ।
पक्राउ परेका सबैलाई अहिले जिल्ला प्रहरीको हिरासतमा राखिएको छ । छ महिनाअघि अभियानका नेता तथा कार्यकर्ता जनकपुरमा विभिन्न मागसहित आमरण अनशन बस्दा मधेस सरकारले सातबुँदे सम्झौत गरेको तर कार्यान्वयन भने नगरेको अभियानीहरूको आरोप छ ।