त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको पहिलो खेलमा नेपालले पाहुना टोली पपुवा न्युगिनी (पीएनजी)लाई १५ रनले पराजित गरेको छ ।
टियु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रन बनाउँदै १८४ रनको लक्ष्य दिएको थियो ।
पपुवा न्युगिनीका नर्मन भानुवाले ५२ रनको आक्रामक इनिङ खेले । सेसे बाउले ३०, चार्ल्स जोर्डन अलेवा अमिनीले २२ र लेगा सियाकाले २१ रन बनाए ।
नेपालको जितमा सन्दीप लामिछाने र करण केसीले ३–३, अविनाश बोहराले २, सोमपाल कामीले १ विकेट लिए ।१८४ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको पीएनजीले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन मात्रै बनाउन सक्यो ।
नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रन बनाएको थियो । नेपालका लागि आशिफ शेखले ४३, रोहितकुमार पौडेलले ३४, आरिफ शेखले ३१, कुशल भुर्तेलले २०, करण केसीले १४, कुशल मल्लले ११ रन बनाए ।