युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ‘तटस्थ राष्ट्र’ हुने गरी रुससँग शान्तिवार्ताको तयारीमा रहेको बताएका छन् ।
उनले उक्त कदम तेश्रो पक्षले मान्नुपर्ने र जनमत संग्रहमार्फत् अनुमोदन आवश्यतामा जोड दिए । ‘सुरक्षा र तटस्थता, गैरआणविक क्षेत्रको रुपमा हाम्रो सम्प्रभुता– हामी त्यसमा केन्द्रित हुन चाहन्छौँ, यो सबैभन्दा मुख्य कुरा हो’, राष्ट्रपति जेलेन्स्कीले रुसी पत्रकारहरुलाई भिडियो अन्तर्वार्ता दिँदै भनेका छन् ।
मस्कोले सो भिडियो सार्वजनिक नगर्न आग्रह गरे पनि स्थानीय मिडियाले बाहिर ल्याएको छन् । रुसी सैन्य हमलामा चेचेन्यामा भएको क्षति भन्दा बढी रुसी भाषी युक्रेनी शहरहरुमा सबैभन्दा बढी क्षति भएको उनले उल्लेख गरेका छन् ।