नेपाली सेनामा रोजगारीको अवसर खुलेको छ । भर्ना छनौट निर्देशनालयले लेखा उप सेनानी प्राड उप सेनानी, पाइलट उप सेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरूको लागि दरखास्त आव्हान गरेको हो ।
पहिलो पटक चैत १४ गते प्रकाशित सूचनामा नेपाली सेनामा रिक्त रहेका पदहरू खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्ने उल्लेख छ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले नेपाली सेनाको आधिकारिक वेब साइट https://www.nepalarmy.mil.np/ भित्र JOIN THE ARMY को Recruitment and Selection बाट online दरखास्त फाराम भरी सो को प्रिन्ट आउट सहित स्वयम् उपस्थित भई रु।१०।- को टिकट टाँसी दरखास्त पेस गर्न सक्नेछन् ।
इच्छुकहरूले २०७९ वैशाख १३ गतेसम्म र दोब्बर दस्तुर सहित थप दिन ७ सम्म कार्यालय समय भित्र दर्ता गर्न सक्नेछन् । नारायणहिटी स्थित श्री नेपाल क्याभलरी उत्तर तर्फको खेल मैदानमा दरखास्त फाराम पेस गर्नुपर्ने सेनाले जनाएको छ ।
दरखास्त फाराम बुझाउँदा सबै पदका लागि एक हजार रुपैयाँ नेपाल बैङ्क लिमिटेडको खाता नम्बर ००१०१००००००००१००१००१ कार्यालय कोड ३४५०१३५१३ र राजश्व शीर्षक नं.१४२२४ मा जम्मा गरेर सो को सक्कल भौचर तथा प्रतिलिपि प्रति १/१ (एक/एक) दरखास्त फाराम साथ पेस गर्नु पर्नेछ ।
