सशस्त्र प्रहरीले भारतीय स्काभेटरको चाबी खोसेको छ ।
दार्चुलाको महाकाली नदीमा तटबन्ध निर्माणमा प्रयोग गरिएको भारतीय स्काभेटरको चाबी सशस्त्र प्रहरीले खोसेको छ । अनुमति बिना नेपालतर्फ आएपछि चाबी खोसेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।
सो क्षेत्रमा नेपाल प्रहरी पनि खटिएको थियो । नेपालसँग समन्वय नगरी दार्चुलातर्फ भारतीय स्काभेटर आएपछि सशस्त्र प्रहरीले चाबी खोसेको हो ।
भारतले महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरी तटबन्ध निर्माण गरेपछि लामो समयदेखि विवाद हुँदै आएको छ । उक्त स्काभेटर नदीको धार परिवर्तन गर्दै नेपालतर्फ पुगेको थियो।