लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक आगामी चैत १६ गते बस्ने भएको छ ।
स्थानीय तहको निर्वाचन तयारी, एजेन्डा सेटिङ र घोषणापत्र बनाउने लगायत विषयमा बैठक केन्द्रित हुने बताइएको छ ।
अध्यक्ष महन्थ ठाकुरका स्वकीय सचिव शटेन्द्र मिश्रका अनुसार उक्त बैठकले चुनाव सम्बन्धी तयारी तथा कार्यनीति तय गर्ने छ ।