चिनियाँ विदेश मन्त्री वाङ यी स्वदेश फर्किएका छन् । तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेश मन्त्री वाङ आइतबार दिउँसो साढेतिर २ बजे स्वदेश फर्किएका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले बिदाइ गरे ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा उनी तीनदिने नेपाल भ्रमणमा शुक्रबार काठमाडौं आएका थिए ।
के–के गरे ?
शुक्रबार आराम गरेका उनले शनिबार बिहानै शिवपुरीमा हाइकिङ गरेका थिए ।
शनिबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो । सोही क्रममा विभिन्न नौ बुँदे समझदारी गरिएको थियो । शनिबार साँझ वाङले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरे ।
चिनियाँ विदेशमन्त्री वाङले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए ।