नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच आइतबार होटल मेरियटमा भेटवार्ता भएको हो । एमाले अध्यक्ष केपी ओलीसँगको भेटलगत्तै प्रचण्ड र यीबीच भेटवार्ता भएको हो ।
भेटमा माओवादी नेता नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत, स्वकीय सचिव रमेश मल्ल, छोरी गंगा दाहाल पनि सहभागी छन् ।

त्यसअघि आइतबार नै उनले राष्ट्रपति विद्यादेवी भण्डारी पनि भेट गरेका थिए ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणमा उनी तीनदिने नेपाल भ्रमणमा शुक्रबार काठमाडौं आएका थिए ।
साथै विदेशमन्त्री यी आजै स्वदेश फर्कनेछन् ।