नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच आइतबार होटल मेरियटमा भेटवार्ता भएको हो ।
भेटवार्तामा एमाले उपाध्यक्ष वरिष्ठ ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, विदेश मामिला प्रमुख राजन भट्टराईलगायत नेताहरू पनि सहभागी थिए ।
आइतबार बिहानै राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका विदेशमन्त्री यीले यसपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’सँग भेटवार्ता गरेर आजै स्वदेश फर्कने कार्यक्रम छ ।
परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा उनी तीनदिने नेपाल भ्रमणमा शुक्रबार काठमाडौं आएका थिए ।