धनगढीको नेपाल वस्टर्न म्यानेजमेन्ट एण्ड इन्जिनेरीङ्ग कलेजले आयोजना गरेको मिनी म्याराथन भव्यताका साथ सम्पन्न भएको छ ।‘लेट्स ह्याभ फन विथ च्यारीटि रन, एजुकेसन टु अल’ भन्ने नाराका साथ शनिवार सम्पन्न भएको हो ।
विभिन्न १० विद्यालय तथा कलेजका गरी १५० बढी विद्यार्थी सहभागी उक्त मिनी म्याराथनमा पुरुष तर्फ धनगढीको त्रीनगर माध्यमिक विद्यालयका छात्र चन्द्र बोहरा प्रथम भएका छन् ।
यस्तै सुदूरपश्चिमाञ्चल एकेडेमी कैलालीका केशव चन्द दोस्रो र एक्सीस विद्याश्रमका सागर बमले तेस्रो स्थान हासिल गरेका छन् ।
यस्तै, महिला तर्फ धनगढीकै क्रिसियन्टसिटी स्कुलकी छात्रा भगवती जोशी विजयी भएकी छन् । मिनी म्याराथनको प्रथम हुँदै बोहराले नगद १५ हजार प्राप्त गरेका छन् भने द्धितिय भएका चन्दले १० हजार र तृतीय हासिल गर्ने बमले ५ हजार प्राप्त गरेको आयोजक नेपाल वइस्र्टन म्यानेजमेन्ट एण्ड इन्जिनेरीङ्ग कलेजले जनाएको छ।