प्रहरी प्रधान कार्यालयले प्रहरी वरिष्ठ हवल्दार पदमा ५सय ५ जना हवल्दारहरूलाई बढुवा सिफारिस गरेको छ ।हालै सिर्जना गरिएको सो नयाँ दरबन्दीमा प्रहरी कार्यालयले बढुवा सिफारिस गरेको हो ।
आज (शुक्रबार) बसेको बढुवा समितिको बैठकले ५सय ५ जना हवल्दारहरूलाई प्रहरी वरिष्ठ हवल्दार बढुवा पदमा सिफारिस गरेको हो ।
बैठकले हवल्दारमा रहेका ज्येष्ठता कायम हुने गरी दोस्रो सुचीमा ५ सय ५ जना जनपद समूहतर्फका प्रहरी हवल्दारहरुलाई प्रहरी नियामावलीअनुसार सिफारिस गरेको हो ।
प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम ३० को (४) बमोजिम ज्येष्ठताको आधारमा सोही समूहतर्फ बरिष्ठ हवल्दार पदमा बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बढुवा सिफारिस सूचीमा को को परे हेर्नको लागि यहाँ क्लिक गर्नुस् :-