पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
२८ सय २२ जनाको पीसीआर परीक्षण गर्दा १२ र १५ सय २० एन्टिजेन परीक्षण गर्दा ६ गरी १८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा २७१ जना सङ्क्रमण मुक्त भएका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ ।
अहिले देशभर १९ हजार ६० जना सक्रिय सङ्क्रमित छन् ।