बैंकिङ कसुर मुद्दामा फरार एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं बुढानिलकण्ठ–८ घर भई बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने कृष्ण बहादुर थापा रहेका छन् ।
बारा प्रहरीको समन्वयमा महानगरीय अपराध महाशाखाको टोलीले उनलाई सिमरा उपमहानगरपालिका–४ बाट पक्राउ गरिएको हो । उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालत पठाइएको छ ।
थापाविरुद्ध बैंकिङ कसुर मुद्दामा रबिन्द्र थापाले उजुरी दिएका थिए । उक्त मुद्दामा उच्च अदालत पाटनले २०७७ मंसिर २२ गते थापालाई एक करोड २५ लाख विगो वापतको रकम जरिवाना र सो रकमको व्याज समेतको विगो दाखिला गर्न आदेश दिएको थियो । त्यसपछि थापा फरार रहेका थिए ।
२०७८ फागुन २० गते काठमाडौं जिल्ला अदालतले थापालाई १ वर्ष कैद सजाय तोक्दै पक्राउ पुर्जी जारी गरेका थियो ।