नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (शुक्रबार) पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गरिरहेको छ ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर बलिङ रोजेको थियो ।
पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले नेपालसँग पहिलो ओडिआई खेलमा राम्रो ब्याटिङ सुरुवात गरेको छ । यो समाचार तयार पार्दासम्म ३७ ओभरमा ४ विकेट गुमाएर १८५ रन बनाएको छ ।
पीएनजीका असाद भालाले ६० र टोनी उराले ३८ रन बनाए । अहिले चाल्र्स अमिनी ५३ रनमा खेलिरहेका छन् ।
यूएईमा नेपालले पीएनजीसँग दुई एकदिवसीय खेल खेलेको थियो । नेपालले दुवै खेलमा जित निकालेको थियो । पहिलो खेलमा दुई विकेटको जित निकालेको नेपालले दोस्रो खेलमा ७ विकेटको जित निकालेको थियो ।
नेपालले भोलि पनि पीएनजीसँग एकदिवसीय खेल खेल्नेछ । एकदिवसीय सिरिज लगत्तै नेपालले पीएनजी र मलेसियासँग त्रिदेशीय टी ट्वान्टी प्रतियोगिता खेल्नेछ ।
नेपालको प्लेइङ–११:
कुशल भुर्तेल, देव खनाल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, भीम सार्की, अनिल शाह (विकेटकिपर), सोमपाल कामी, कमलसिंह ऐरी, सन्दीप लामिछाने र पवन सरार्फ ।