सुदूरपश्चिम प्रदेश सरकारले शुक्रबार भोलि कैलाली र कञ्चनपुरमा सार्वजनिक विदा दिएको छ ।
राना थारु समुदायको खखडेहरा पर्वका अवसरमा प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा शुक्रबार सार्वजनिक विदा दिएको हो ।
२०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो ।राना थारु समुदायमा होलीपछिको खखडेहरा पर्व महत्वपूर्ण मान्निछ।