सरकारले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ । बिहीबार गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार सुरक्षा समिति बैठकले निर्वाचनका लागि आवश्यक पर्ने एकीकृत सुरक्षा नीति पारित गरेको हो । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन र अन्य निर्वाचन पनि यही सुरक्षा नीति अनुरुप सम्पन्न गर्न सजिलो हुने र निर्वाचन निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न नीतिले सहयोग गर्नेछ ।
बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र निर्वाचन सम्पन्न गर्न गर्नुपर्ने कार्यबारे धारणा राखेका थिए ।साथै आगामी सुरक्षा चुनौती र ती चुनौतीलाई सम्बोधन गर्न अपनाउनुपर्ने रणनीतिबारे पनि छलफल भएको थियो ।
त्यस्तै, बैठकमा शुक्रबारदेखि हुने चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणमा सुरक्षाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि छलफल भएको जनाइएको थियो ।