नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक बिहीबार पनि बस्दैछ । बुधबारदेखि सुरु भएको बैठकको पहिलो दिनमा सातै प्रदेशका इन्चार्जहरुले रिपोर्ट पेश गरेका थिए भने अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेश गरेका थिए ।
आजको बैठकमा भने स्थानीय निर्वाचनको घोषणापत्र केन्द्रित छलफल हुने भएको छ । निर्वाचन रणनीतिसँगै उम्मेदवार चयनको मापदण्डबारे पनि छलफल हुने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । यस्तै, अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि पनि छलफल हुने छ ।