मोरङ शिक्षकले छात्रामा माथि यौन दुर्व्यवहार गरेको आरोपमा तनावग्रस्त भएको मोरङको लेटाङमा नगरपालिका–५ खेरुवामा उत्तेजित समुहको आक्रमण परी एक महिला प्रहरी जवानको मृत्युभएपछि लगाइएको कर्फ्यू मंगलबारदेखि खुकुलो पारिएको छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सोमबार विहान ७ बजेदेखि लगाइएको अनिश्चितकालिन कर्फ्यू आदेशलाई संसोधन गर्दै मंगलबार बेलुका ४ देखि ६ बजेसम्म र विहान ६ बजेदेखि १० बजेसम्मका लागि हटाएका हुन् ।
चैत ४ गते शुक्रबार होली खेल्ने बहानामा स्थानीय शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले सोही विद्यालयमा अध्ययन गर्ने एक छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयका विद्यार्थी, छात्राका परिवार र आफन्तसहित स्थानीयवासीले प्रदर्शन गरेका थिए ।