बालयौन दुर्व्यवहारगरेको अभियोगमा एक जना शिक्षक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा माडी नगरपालिका–५ निवासी सोमेश्वर माध्यामिक विद्यालय माडीका शिक्षक सुरज लामिछाने रहेका छन् ।
उनलाई कक्षा ९ मा अध्ययनरत १५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।
पक्राउ परेका शिक्षकमाथि अनुसन्धान सुरु गरिएको छ ।